काठमाडौं , ८ भदौ । रौतहटमा शनिबार राति सुटकेसभित्र एक महिलाको शव फेला परेको छ।
गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक राति करिब १०:३० बजे शंकास्पद सुटकेस भेटिएपछि प्रहरीले खोल्दा भित्र महिलाको शव रहेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार शवलाई रसीले बाँधिएको अवस्थामा भेटिएको थियो। महिलाको हत्या गरी शव सुटकेसमा हालिएको हुन सक्ने अनुमान गरिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस