after_navbar

टिपरमा आगलागी हुँदा १९ लाखको क्षति


भदौ ०८, २०८२


काठमाडौं,८ भदौ । टिपरमा एकाएक आगलागी भएको छ। कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गिट्टी बोकेको एक टिपरमा गएराति आगलागी हुँदा करिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

ad

दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको टिपरमा राति ११:४५ बजे वायरिङ सर्ट भएर अगाडिको क्याबिनमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="