काठमाडौँ ,८ भदौ । रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड मुठवलबा गेट नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी युवतीको सनाखत खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडी हुन्। माधवनारायण नगरपालिका–६ माइती भएकी शाहले भारतमा विवाह गरेकी थिइन्। तर, ४ वर्षीय छोरा पढाउनका लागि उनी गौरमा डेरा बस्दै आएकी थिइन्।
सुटकेसभित्र कुइनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा उनको शव भेटिएको थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा उनको नाकबाट रगत बगेको देखिएको तर शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकका परिवार प्रहरी सम्पर्कमा रहेको डीएसपी कार्कीले बताए। उनका श्रीमान भारतबाट नेपाल आएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस