काठमाडौं,८ भदौ । बागमती नदीमा पौडी खेल्न पसेका एक युवक मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका–११ घर भइ हाल ललितपुर बस्ने २० वर्षीय अभिषेक राई रहेका छन्। शनिबार दिउँसो करिब ५ बजे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निकुञ्जभित्रको बागमती नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए।
उनको खोजतलासका लागि प्रहरी प्रभाग सुन्दरीजल, नेपाली सेनाको विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। तर, शनिबार फेला नपरेका राई आइतबार बिहान बागमती नदीको बोक्सी दह नजिक ढुंगाको कापमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस