दाङ, ८ भदौ । दाङमा टिप्परको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा आज दिउँसो टिप्पर र स्कुटर एकआपसमा ठोक्किँदा एक व्यक्ति गम्भीर घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट सोना सिमेन्ट फ्याक्ट्री, दुधरासतर्फ जाँदै गरेको ना १ ख ९३२० नं को खाली टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३७७९ नं को स्कुटीलाई दिउँसो करिब १ बजेर ४० बजे ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटी चालक तुलसीपुर–११ का ५६ वर्षीय निम बहादुर पाण्डे गम्भीर घाइते भएका छन्। उनको टाउको, छाती र मुखमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते पाण्डेलाई प्रारम्भिक उपचारपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो। पछि अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा लगिएको र अहिले उपचाररत रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन्। जिल्ला मकवानपुर मनहरी गाउँपालिका–६ का २७ वर्षीय टिप्पर चालक बिशाल सुनारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस