after_navbar

महिलालाई यौन क्रियाकलापमा संलग्न गराउने होटल संचालक पक्राउ


भदौ ०, २०८२


काठमाडौं,९ भदौ । आर्थिक प्रलोभन देखाई महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ।

ad

पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन्। प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

उनविरुद्ध मानव बेचविखन तथा यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन्। “हाल प्रमाण संकलनको काम भइरहेको छ,” प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

यस्तै, राइनविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी परेको छ। आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले उक्त घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको भन्दै आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरेको बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="