after_navbar

घाइते भेटिएका पुरुषको मृत्यु


भदौ ०, २०८२


नवलपुर, ९ भदौ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–८ मौलाकालिका होटल अगाडि घाइते अवस्थामा भेटिएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

ad

सोमबार बिहान सडकको बीचभागमा लडिरहेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए।

उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए।

मृतक नवलपुरको गैंडाकोट नगरपालिका–९ थुम्सी निवासी ७४ वर्षीय रत्नबहादुर पौडेल भएको प्रहरीले बताएको छ।उनको सनाखत भान्जा कर्णबहादुर रानाले गरेको प्रहरीले जनाएको छ।

घटनास्थलमा स–साना शिशाका टुक्रा फेला परेकाले पौडेललाई सवारी साधनले ठक्कर दिएको प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="