after_navbar

देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग


भदौ ११, २०८२


काठमाडौँ ११ भदौ, । राजधानीमा ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै प्रदर्शन गरेको छ।

ad

समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघाती संज्ञा दिँदै देवनागरी लिपिमा मात्र इम्बोस्ड नम्बर प्लेट लागू गर्नुपर्ने माग अघि सारेको हो।

प्रदर्शनका क्रममा उनीहरूले “देवनागरी लिपिको रक्षा गरौं”, “नेपाली भाषा र लिपि मेट्न पाइँदैन”, “इम्बोस्डका भ्रष्टाचारीलाई जेल हाल” जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।

सरकारले २० साउन २०८२ मा निर्णय गर्दै १ असोजदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने व्यवस्था गरेको थियो। तर, यसविरुद्ध जनस्तरमै चर्को विरोध भएपछि यातायात व्यवस्था विभागले मंगलबार स्पष्टीकरण दिँदै असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट नजडान गरे पनि तत्काल दण्ड वा जरिवाना नलगाइने जनाएको छ।

विभागले जारी गरेको सूचनामा अनुकूल समयमा सवारी दर्ता कार्यालयमार्फत स्वेच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने स्पष्ट गरिएको छ। साथै, असोज १ पछि जरिवाना लाग्ने भन्ने अफवाहमा नपर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="