रौतहट,११ भदौ । रुवी साहको हत्या आरोपमा रहेका लक्ष्मण पासवानले बुधबार आफ्नै शरीरमा आगो लगाएका छन्। आगोले उनको शरीरमा जलेको चोट लागेको छ र उनलाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार, पासवान माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए, “मुख्य आरोपी पासवानले पेट्रोल छर्केर आफैंमा आगो लगाएका हुन्। हामीलाई बुधबार बिहान करिब साढे ६ बजे सूचना प्राप्त भएको थियो।”
पासवान रुवी साहको हत्या गरी उनको शव सुटकेसमा राखेर फालेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए। रुवी साह गत शनिबार गौर बजार जान घरबाट निस्किएकी थिइन्, तर उनको शव सुटकेसमा प्याक गरिएको अवस्थामा फेला परेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस