after_navbar

बढ्यो अण्डाको मूल्य


भदौ ११, २०८२


दाङ,११ भदौ । चाडपर्व सुरु भएसँगै अण्डाको खपत बढ्दा मूल्य समेत बढेको छ। उत्पादन घट्नु र माग बढ्नुले अण्डाको दरमा वृद्धि भएको हो।

ad

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५४५ र मझौला अण्डाको रु ५३० कायम गरिएको छ। यससँगै खुद्रा बजारमा प्रतिगोटा अण्डाको मूल्य रु २३ तय गरिएको छ।

हाल नेपालमा अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ भने नयाँ दरअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८ रुपैयाँ १६ पैसा पाउने भएका छन्। लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले यसबाट केही राहत पाउने अपेक्षा गरिएको छ।

साउन महिनामा समेत अण्डाको माग नघटेको र आगामी दिनमा मूल्य अझै बढ्न सक्ने सङ्घले जनाएको छ। यद्यपि, लागत मूल्य पाए पनि धेरै किसान विगतको नोक्सानीका कारण व्यवसायबाट विस्थापित भइसकेका छन्।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्व अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकोमा हाल घटेर २२ लाखको हाराहारीमा झरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="