after_navbar

विभिन्न पाँच मुद्दाका अभियुक्त पक्राउ


भदौ १२, २०८२


काठमाडौं, १२ भदौ । विभिन्न पाँचवटा मुद्दाका अभियुक्त छबिन्द्र हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनी ललितपुरको बागमती गाउँपालिका–५ का ३१ वर्षका छन्। कामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

ad

प्रहरीका अनुसार हुमागाईं पछिल्लो पटक वैदेशिक ठगीको आरोपमा पक्राउ परेका हुन्। उनी स्लोभाकिया पठाउने भनी रकम ठगी गरेको आरोपमा छन्।

त्यसअघि उनीविरुद्ध चारवटा मुद्दा समेत दर्ता भएको पाइएको छ। ललितपुर जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा उनलाई १८ भदौ २०८१ मा ५ लाख रुपैयाँ बिगो, सोही बराबरको जरिवाना र २४ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।

उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १५ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभको मुद्दा, प्रहरी वृत्त कालिमाटीमा १ लाख ५० हजार र १ लाख ३ हजार १०० रुपैयाँ बैंकिङ कसुरको उजुरी दर्ता छ। प्रहरी वृत्त महाराजगञ्जमा पनि बैंकिङ कसुरको उजुरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="