after_navbar

सल्यानमा जिप दुर्घटना, १९ जना घाइते


भदौ १२, २०८२


दाङ,१२ भदौ । सल्यानमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जादै गरेको लु १ ज २३६८ नम्बरको जिप रेसमज्युल नजिकै दुर्घटनामा परेको हो।

ad

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भएर सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीको भनाइ छ। उक्त जिपमा २० जना सवार रहेका थिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिप चालक शारदा नगरपालिका–६ बस्ने २३ वर्षीय सुरेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="