after_navbar

डडेल्धुरामा जिप दुर्घटना : ४ को मृत्यु, ६ जना घाइते


भदौ १२, २०८२


डडेल्धुरा, १२ भदौ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

ad

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार से १ ज ७३८ नम्बरको जिप ठाँटा बजारबाट सदरमुकामतर्फ आउँदै गर्दा बिहिवार बिहान दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।

त्यसैगरी घाइते हुनेहरूमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४ वर्षीया प्रतिका पार्की रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="