after_navbar

खोलामा डुबेर ४ किशोरको मृत्यु


भदौ १२, २०८२


कैलाली, १२ भदौ । कैलालीको गोदावरी नगरपालिका–९ खुटिया खोलामा पौडी खेल्ने क्रममा चार किशोरको डुबेर मृत्यु भएको छ।

ad

बिहीबार दिउँसो करिब २ बजेतिर खोलामा पौडी खेल्न गएका उनीहरू डुबेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिनुभयो।

मृतकहरूमा अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="