after_navbar

सामाजिक अभियान्ता आशिका तामाङलाई पाँच दिन कैद सजाय


भदौ १२, २०८२


काठमाडौं,१२ भदौ । भक्तपुर जिल्ला अदालतले सामाजिक अभियान्ता आशिका तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै पाँच दिन कैद सजाय सुनाएको छ।

ad

अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार, न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आशिका तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई पाँच-पाँच दिन कैद र जरिवाना तोकेको छ।

उक्त घटनामा सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाउने क्रममा आशिका र उनका साथीसँग अवरोध पुर्‍याएको, स्थानीय सूचना तोडफोड गरेको आरोप लगाएको थियो। नगरपालिकाले यस विषयमा प्रहरीमा जाहेरी दिएका थिए।

अदालतले पीडक पक्षलाई पाँच सय रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्ति तोकेको छ। दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ भर्न आदेश पाएका छन्।

आशिकाले उनले यस घटनामा प्रहरी, सरकारी वकिल र अदालतमा समेत गल्ती महसुस गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="