after_navbar

बैंकिङ कसुरमा फरार प्रतिवादीहरु पक्राउ


भदौ १३, २०८२


काठमाडौं ,१३ भदौ । बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

ad

पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका–८ घर भई भक्तपुर नगरपालिका–१ सिर्जनानगर बस्ने ४२ वर्षीया अम्बिका कुमारी रिजाल, सर्लाही बरहथवा नगरपालिका–७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ आरूबारी बस्ने ३५ वर्षीय विक्रम कुमार दमाई र बैतडी पाटन नगरपालिका–६ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी बस्ने ४३ वर्षीय जय सिंह भण्डारी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई फरार अबस्थामा पक्राउ गरेको हो। अम्बिकालाई भक्तपुरको सिर्जनानगर, विक्रमलाई काठमाडौं कलंकी र जय सिंहलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये अम्बिकालाई जिल्ला प्रहरी परिसर काठमाडौं, विक्रमलाई प्रहरी वृत्त बौद्ध र जय सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि पठाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="