काठमाडौं,१३ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतमा महाधिवेशन गर्ने भएको छ। हालै बसेको शीर्ष तहको विस्तारित बैठकले २०८२ साल चैत ६ र ७ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिए।
बैठकले तराई–मधेशका जिल्लामा खडेरीका कारण किसानहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै संघीय र प्रदेश सरकारसँग क्षतिपूर्ति प्याकेज घोषणा गर्न माग गरेको छ।
यस्तै, मधेश प्रदेशका विभिन्न जिल्लामा सुख्खाग्रस्त स्थिति सिर्जना भई खानेपानीको अभाव बढेको बैठकले उल्लेख गरेको छ। चापाकल, इनार र पोखरी सुक्दै गएपछि आम नागरिक पीडित भएको भन्दै तीनै तहका सरकारलाई तत्काल खानेपानीको सहज व्यवस्था गर्न गम्भीर ध्यानाकर्षण गराइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस