after_navbar

कार दुर्घटनामा चिकित्सकको मृत्यु


भदौ १४, २०८२


काठमाण्डौ,१४ भदौ । चितवनको भरतपुरमा कार दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ।

ad

भरतपुर महानगरपालिका–१० बिशालचोक नजिक रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा भरतपुर–२ आँपटारीका डा. विप्लब भट्ट गम्भीर घाइते भएका थिए।

उनीलाई तत्कालै पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="