after_navbar

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन


भदौ १४, २०८२


दाङ, १४ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।

ad

उनको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिएका छन् ।

रुकुम पूर्व तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा उनलाई एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत लुम्बिनी प्रदेश सभामा निर्वाचित भएकी थिइन् । हाल प्रदेश सभामा ८७ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="