after_navbar

देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना


भदौ १५, २०८२


काठमाडौं, १५ भदौ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको छ।

ad

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने देखिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा, १०–५० मिलिमिटर पानी परे मध्यम वर्षा, ५०–१०० मिलिमिटर पानी परे भारी वर्षा, १००–२०० मिलिमिटर पानी परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी परे अति भारी वर्षा मानिन्छ।

एक-दुई स्थानमा वर्षा भनेको सम्बन्धित प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना हो भने थोरै ठाउँमा १०–३० प्रतिशत, केही स्थानमा ३०–५० प्रतिशत, धेरै ठाउँमा ५०–८० प्रतिशत र अधिकांश स्थानमा ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना जनाउँछ।

जनतालाई आवश्यक सतर्कता अपनाउन र वर्षा र सम्भावित बाढीका जोखिमका विषयमा सचेत रहन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="