after_navbar

प्रचण्ड आज रुपन्देहीमा


भदौ १५, २०८२


दाङ,१५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही जाने भएका छन्।

ad

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले आज बिहान १० बजे बुटवलस्थित शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।

सोही अवसरमा प्रचण्डबाट ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत गरिनेछ। माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवातदेखि भूमिगत रहेर काम गरेका बन्जाडे २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा निधन भएका थिए। उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देहीका इन्चार्जका रूपमा पनि जिम्मेवारी बहन गर्दै आएका नेता थिए।

पार्टी र जनआन्दोलनमा दिएको योगदानको स्मरण स्वरूप सहिद स्मृति प्रतिष्ठान रुपन्देहीमा माओवादी केन्द्रले उनको सालिक निर्माण गरेको छ। सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रम यही उद्देश्यका लागि आयोजना गरिएको हो।

अध्यक्ष बरालले भने, “भदौ १५ कै दिन प्रचण्डले माओवादी केन्द्रको प्रदेश कमिटी बैठकमा पनि सहभागी हुनुहुनेछ। दिनभरि प्रचण्ड रुपन्देहीमै रहने कार्यक्रम छ। बिहान सालिक अनावरण र पुस्तक विमोचनपछि पार्टीका आन्तरिक बैठक र छलफलमा उहाँ सहभागी हुनुहुनेछ।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="