काठमाडौं १५ भदौ। मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएको थियो।
दुर्घटनामा परि गम्भीर घाइते भएका स्थानीय ३२ वर्षीय अमिर गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस