after_navbar

तीनकुने घटना : दुर्गा प्रसाईँसहित ५० जनामाथि मुद्दाको अन्तिम सुनुवाइ आज


भदौ १५, २०८२


काठमाडौँ,१५ भदौ ।राजावादी आन्दोलनका क्रममा चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्ध दायर मुद्दामा अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ।

ad

न्यायाधीश उमानाथ गौतमको इजलासमा आजै सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईँसहितमाथि राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधलगायतका अभियोगमा मुद्दा दायर गरेको थियो।

यसअघि, जेठ ३० गते न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियुक्तमध्ये ७ जनालाई थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध प्रसाईँसहित चार जनाले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि प्रसाईँ रिहा भएका थिए।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रसाईँले प्रहरीलाई किच्ने गरी गाडी चलाएको आरोप छ। उनका समर्थकहरूले सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा, आगजनी, तोडफोड र लुटपाटसमेत गरेका थिए। उक्त घटनामा एक पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="