after_navbar

राष्ट्रकवि घिमिरेको नाममा २७ लाखको अक्षयकोष स्थापना


भदौ १५, २०८२


काठमाडौं ,१५ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कारलाई नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रूपैयाँको अक्षयकोष स्थापना गरिएको छ।

ad

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रूपैयाँ र परिवारका अन्य सदस्यले थप रकम सहयोग गरेका छन्। यसअघि नै कोषमा १६ लाख मौज्दात रहेको र हाल कुल २७ लाख पुगेको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए।

प्रतिष्ठानका अनुसार प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्ती (असोज ७ गते) का अवसरमा एक साहित्यकारलाई एक लाख रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="