दाङ,१६ भदौ । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश ओलीलाई प्रहरीले लागू औषधसहित शनिबार पक्राउ गरेको हो।
शंकास्पद रूपमा रहेका ओलीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ८ सय मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। यस्तै शुक्रबार बढैयाताल गाउँपालिका–२ फुटाहाबाट बाँसगढी नगरपालिका–५ का २६ वर्षीय राम चौधरीलाई ९ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई आइतबार अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस