दाङ,१६ भदौ । पहिरोका कारण कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । कालीकोटको शुभकालीका गाउँपालिका–१, गगने खोलामा पहिरो खस्दा तीन दिनदेखि राजमार्ग अवरुद्ध भएको हो ।
सडकमा खसेको ठूलो ढुंगा हटाउन प्रयोग गरिएका मेसिनले सम्भव भएको छैन । सोमबार नेपाली सेनाको सहयोगमा सडक खुलाउने तयारी गरिएको छ ।
ढुंगा धेरै ठूलो भएकाले त्यसलाई विस्फोट गरेर सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।
उक्त सडकखण्ड अवरुद्ध हुँदा जुम्ला, मुगु र कालीकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत जिल्लामा स्याउ लिएर जाँदै गरेका गाडीहरू बाटोमै अलपत्र परेका छन् ।
सुर्खेत–जुम्ला सडकखण्डको गगने खोलामा बर्सेनि पहिरो खस्दा नागरिकले सास्ती खेपिरहेका छन् । स्थानीय शासन र जिल्ला प्रहरी कार्यालय कालीकोटले पहल गरिरहेको भए पनि तीन दिनसम्म राजमार्ग खुलाउन नसक्दा यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस