दाङ,१६ भदौ । आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्रै देशभर ५ हजार ७४० मुद्दाहरू दर्ता भएका हुन्।
प्रहरीद्वारा सार्वजनिक मासिक प्रदेशगत अपराध विवरणअनुसार सबैभन्दा बढी मुद्दा बागमती प्रदेशमा दर्ता भएका छन्। बागमती प्रदेशमा मात्रै काठमाडौं उपत्यकासहित २ हजार १४७ वटा अपराधका घटनाहरू दर्ता भएका छन्।
काठमाडौं उपत्यकामा मात्र १ हजार ६११ वटा मुद्दा दायर भएका छन् भने उपत्यका बाहिरको बागमती क्षेत्रमा ५३६ मुद्दा दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ। मधेश प्रदेशमा १ हजार ७२ मुद्दा दर्ता भएका छन्, जुन देशभर दोस्रो धेरै हो।
कोशी प्रदेशमा ९१८, लुम्बिनी प्रदेशमा ६८५ र गण्डकी प्रदेशमा ४१३ मुद्दाहरू दर्ता भएका छन्। यस्तै, सुदूरपश्चिम प्रदेशमा ३३२ र कर्णाली प्रदेशमा सबैभन्दा कम १७३ वटा मुद्दाहरू दर्ता भएका छन्।
देशभर अपराध दर्ताको संख्या उच्च रहँदा सुरक्षा निकायले अपराध नियन्त्रणमा थप प्रभावकारी रणनीति अपनाउनुपर्ने आवश्यकता देखिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस