after_navbar

बहुविवाह विवादपछि रास्वपाका उम्मेदवार डा. थापाको पत्रकार सम्मेलन स्थगित


भदौ १६, २०८२


काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन बहुविवाहको विवादपछि स्थगित गरिएको छ। रास्वपाले सोमबारका लागि तय गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो।

ad

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार रहेका थापाले बहुविवाह गरेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन रोकिन पुगेको हो। उनीमाथि बहुविवाहको आरोप लागेपछि पार्टीले घटनाको अनुसन्धान गर्न समय आवश्यक पर्ने भन्दै कार्यक्रम रोक्ने निर्णय गरेको नेताहरूले बताएका छन्।

यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पत्रकार सम्मेलन स्थगित हुनुको कारणलाई विशेष कारण भन्दै टिप्पणी गरेका छन्। उनले स्पष्ट रूपमा बहुविवाह विवादको चर्चा भने गरेका छैनन्।

सामाजिक सञ्जालमा भने रास्वपाले बहुविवाह गरेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै तीव्र आलोचना भइरहेको छ। यही आलोचनासँगै पार्टीले कार्यक्रम स्थगित गर्दै विषयको अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रवक्ता झाले पत्रकार भेटघाट कार्यक्रम अर्को समय तय गरेर गर्ने जानकारी सञ्चारमाध्यमहरूलाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="