after_navbar

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुईजना पक्राउ


भदौ १६, २०८२


काठमाडौं, १६ भदौ। वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

ad

पक्राउ परेका मध्ये बारा कोल्हवी नगरपालिका–४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २६ वर्षीय कार्तिक कुमार चौधरीले सर्बिया पठाइदिन्छु भन्दै १६ जनाबाट ४२ लाख रुपैयाँ असुलेका थिए। त्यस्तै, इलाम नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २८ वर्षीय मनोज दाहालले रसिया पठाइदिन्छु भन्दै १ जनाबाट ८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको छ।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले चौधरीलाई ललितपुर महालक्ष्मी नगरपालिका–८ बाट र दाहाललाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="