after_navbar

रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते


भदौ १७, २०८२


काठमाडौँ ,१७ भदौ । काठमाडौंबाट छुटेको रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।  

ad

बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

घाइतेहरुको अवस्था सामान्य छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="