after_navbar

दुई ठाउँमा भूकम्प


भदौ १७, २०८२



काठमाडौ,१७ भदौ । नेपालमा मंगलबार दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

ad

केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । यसको तीव्रता ४।१ म्याग्निच्युड रहेको थियो ।

त्यसैगरी, आज बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="