काठमाडौँ,१७ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौले गोंगबुस्थित एक घरबाट स्रोत नखुलेको ३ करोडभन्दा बढी नगद बरामद गरेको छ।
प्रहरीका अनुसार सोही घरमा ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना रहेको आशंका रहेकाले थप अनुसन्धान भइरहेको छ।
घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अवैध रूपमा राखिएको रकमबारे प्राप्त सूचनाका आधारमा आज प्रहरी टोलीले छापा मार्दा नगद बरामद भएको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस