after_navbar

मालपोत कर्मचारी दुईलाख रुपैयाँ घुससहित पक्राउ


भदौ १८, २०८२


काठमाडौँ,१८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । मालपोत कार्यालय धुलिखेलमा खरिदार कार्यरत पदमा कार्यरत ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

ad


काभ्रेपलाञ्चोकको दोलालघाटको जग्गा फिल्ड बुकमा दर्ता छुट भएको र जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम र मोबाइल फोनसहित मालपोत कार्यालयको परिसरमै नियन्त्रणमा लिइएको हो । आयोगले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="