after_navbar

आगलागी हुँदा २ करोड बराबरको क्षति


भदौ २०, २०८२



काठमाडौँ,२० भदौ । आगलागी हुँदा दुई करोड रूपैयाँ बराबरको क्षति भएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५ गरगरेमा शुक्रबार बिहान आगलागी भएको हो ।

ad

अस्थायी प्रहरीपोष्ट गरगरे मकवानपुरका अनुसार बिहान ७ बजेर ४५ मिनेटको समयमा स्थानीय लिलाराम जिम्बाको किराना पसलमा आगलागी हुँदा सो क्षति भएको हो ।

आगो निभाउने क्रममा पसल सञ्चालक ४५ बर्षिय लिलाराम जिम्बाको दुबै हात र खुट्टामा पोलेर घाइते भई उपचारका लागि हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाईतै जिम्बालार्इ आफन्तले चुरेहिल अस्पताल मकवानपुरमा ल्याई उपचार भइरहेको छ ।

घाइतेको शरीरको अगाडिको भाग ४० प्रतिशत जलेको छ । थप उपचारका लागि वर्न अस्पताल कीर्तिपुर काठमाडौं रिफर भएको प्रहरीले जनाएको छ । घर अगाडि बालेको दियोमा पसल सञ्चालकले पेट्रोलको ड्रमबाट पेट्रोल भर्नेक्रममा ड्रम पल्टन गई आगो सल्कि आगलागी भएको प्रहरीको भनाइ छ ।

आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रुपमा जल्दा नगद १५ लाख, ग्यास सिलिन्डर ३० थान जलेको, पेट्रोल, डिजेल, खाद्यान्न,अन्नपात, लत्ता कपडा, फर्निचरको सामानलगायत अन्य सामानहरु जलि नष्ट भएको छ । घरधनिको घरभित्र रहेको एनएस २०० बाप्र०३–००६ प १८९७ पल्सर मोटरसाइकल र सामान किनमेल गर्न आएको स्थानीय नारायणबहादुर स्याङतानको ना ४९ प १३ नं को २२० पल्सर मोटरसाइकल जलेर नष्ट भएको छ ।

आगलागी स्थानीय, प्रहरी र बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको बारूणयन्त्रको सहयोगमा १० बजेतिर नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="