after_navbar

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो: घटनालाई राजनीतिकरण गर्न खोजिएको ओलीको दाबी


भदौ २१, २०८२


काठमाडौं ,२१ भदौ । ललितपुरको हरिसिद्धीमा मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएको घटनाबारे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राजनीतिकरण गर्ने प्रयास भएको’ दाबी गरेका छन्।

ad

शनिबार गोदावरीस्थित सनराइज हलमा जारी एमाले विधान महाधिवेशनमा सम्बोधन गर्दै ओलीले बालिकालाई ‘सामान्य ठक्कर मात्र’ लागेको दाबी गर्दै पार्टीले सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताए।
‘सामान्य रुपमा गाडीले छोयो, अस्पताल लगिसकिएको छ। त्यस्तो कुनै नियत थिएन। हामी दुखी छौं र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ ओलीले भने।

घटनापछि घाइते बालिकालाई बीएण्डबी अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तर, मन्त्री प्रेम आले राना चढेको गाडीले ठक्कर दिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले सडक अवरुद्ध गरेर विरोध जनाएका थिए।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बालिका जेब्रा क्रसिङ नजिकै बाटो काट्न लाग्दा गाडीले ठक्कर दिएको देखिन्छ। ठक्करपछि बालिका सडकमा पछारिए पनि गाडी रोकिएन र अघि बढेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="