काठमाडौँ,२३ भदौ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो ।
डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बा प्र ०६–००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका–७ का ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस