काठमाडौँ, २३ भदौ । संघीय संसद अन्तर्गत रहेका चार संसदीय समितिका बैठक बस्दै छ । ती समितिहरूमा विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति रहेका छन्।
अहिले ९ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक सिंहदरबारमा बस्ने तयारी भएको छ। बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदा बारे छलफल गर्ने कार्यसूची छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे कानून समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ। उक्त बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गरिनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। यस बैठकमा स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरिनेछ।
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा केरा व्यवसायी कृषकका समस्या सम्बन्धमा अर्थ, कृषि तथा पशुपक्षी विकास तथा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस