after_navbar

जेन्जी प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु


भदौ २३, २०८२


काठमाडौं, २३ भदौ । काठमाडौंमा आज आयोजित जेनजी (जनरेशन जेड) को प्रदर्शनमा प्रहरीले प्रयोग गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ।

ad

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, घाइतेमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ७०–८० जना प्रदर्शनकारी घाइते भएका छन् र उपचाररत छन्।

घाइतेको परिचय अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी र अस्पताल दुवै पक्षले घटनाको विस्तृत विवरण सार्वजनिक गर्न बाँकी रहेको बताएका छन्।

प्रदर्शनमा के कारणले तनाव उत्पन्न भयो र गोली प्रहार गर्नुपर्ने अवस्था सिर्जना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="