काठमाडौं ,२४ भदौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गर्ने तयारी गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित आसपासका क्षेत्रमा लगातार आगलागी भइरहेका र अन्य प्रतिकूल परिस्थिति बढ्दै गएपछि हवाई सुरक्षालाई ध्यानमा राखी विमानस्थल बन्द गर्ने तयारी भएको हो।
हाल आकाशमा रहेका जहाजलाई मात्र अवतरणको अनुमति दिइने र नयाँ उडानहरू रोक्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए।
विमानस्थल परिसरलाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ। निकट भविष्यमा मुख्य गेटसमेत बन्द गरी विमानस्थलभित्रका अन्य गतिविधि पनि रोक्ने तयारी भइरहेको जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस