after_navbar

१८ कारागारबाट ६ हजार बढी कैदिबन्दी भागे


भदौ २५, २०८२


काठमाडौँ,२५ भदौ । मंगलबारको प्रदर्शनपछि देशभरका कारागारहरू असुरक्षित बनेका छन् । देशका विभिन्न १८ कारागारबाट ६ हजारभन्दा बढी कैदीबन्दी भागेको विवरण सार्वजनिक भएको छ ।

ad

गृह प्रशासन स्रोतका अनुसार अहिलेसम्म १५ वटा कारागारबाट मात्रै ५ हजार ७ सय २७ जना कैदीबन्दी फरार भएको पुष्टि भएको छ । तर केन्द्रीय कारागार, नख्खु कारागार र तनहुँस्थित कारागारबाट भागेका कैदीबन्दीहरूको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन ।

स्रोतका अनुसार प्रदर्शनकै बीच कारागारको सुरक्षा कमजोर भएपछि कैदीबन्दीहरू समूहगत रूपमा भागेका हुन् । यद्यपि यकिन संख्या र घटनाबारे विवरण संकलन भइरहेको गृह प्रशासनले जनाएको छ ।

सुरक्षा निकायलाई भागेकाहरूलाई नियन्त्रणमा लिन र कारागार सुरक्षालाई कडा बनाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="