काठमाडौँ, २५ भदौ । नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । सेनाले उनीहरूबाट ३३ लाख ७० हजार रुपैयाँसहित विभिन्न हतियार पनि बरामद गरेको जनाएको छ ।
सेनाले दिएको जानकारी अनुसार बिहान १० बजेसम्म काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीनवटा वारुण यन्त्र प्रयोग गरिएको छ । विशेषगरी गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरुबाट उक्त नगद रकम बरामद भएको सेनाले जनाएको छ ।
त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी विभिन्न प्रकारका ३१ नाल हतियार, म्यागजिन र गोलीगठ्ठासमेत बरामद गरिएको छ ।
घटनामा संलग्न गतिविधिका क्रममा २३ जना नेपाल प्रहरी घाइते भएका छन् भने ३ जना गैरसैनिक व्यक्तिहरु घाइते भएका छन् । उनीहरूको सेनाका अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस