after_navbar

सर्वोच्चको अपिल: ‘हामीलाई त्रिपाल सहयोग गरिदिनुस’


भदौ २५, २०८२


काठमाडौँ ,२५ भदौ । मंगलबार सर्वोच्च अदालतमा आगलागी भएपछि अहिले कर्मचारीहरूले जलेनन् भनेर बाँकी रहेका फाइल तथा सामग्री सुरक्षित बनाउन ओसारपसार गरिरहेका छन्।

ad

महत्वपूर्ण कागजात र सामान सुरक्षित गर्न त्रिपाल आवश्यक भएको भन्दै सर्वोच्च अदालतले सार्वजनिकरूपमा सहयोगको अपिल गरेको छ।

‘अत्यन्त महत्वपूर्ण सामानहरू जोगाउनका लागि कर्मचारीहरू खटिनुभएको छ। तर, सुरक्षित राख्न त्रिपाल आवश्यक परेको छ। यो सार्वजनिक अपिल हो, कसैले सहयोग गर्नुपर्ने अवस्था आएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="