काठमाडौँ ,२५ भदौ । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ ।
मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवसायी बिन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरुम र घरमा आगजनी गरेका थिए ।
आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा फेला परेको शव त्यही घरमा काम गर्ने महिला भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलाइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस