after_navbar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितका लागि बन्द


भदौ २५, २०८२



काठमाडौ,२५ भदौ । काठमाडौंस्थित त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार दिनभर काठमाडौंका विभिन्न स्थानमा भएको आगजनीका कारण जहाज अवतरणमा समस्या भएको भन्दै विमानस्थलका सम्पूर्ण उडान बन्द राखिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

ad

उक्त सूचनामा विमानस्थलमा कोही पनि नआइदिन आग्रह गरिएको छ । साथै, विमानस्थल खुलेको जानकारी आए सम्बन्धित उडान कम्पनीसँग सम्पर्क गरेर मात्रै विमानस्थल आउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="