काठमाडौँ, २५ भदौ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ।
मंगलबारको आन्दोलनका क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। त्यही आगलागीमा परी एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार शव पुरुषको हो तर अझै पहिचान खुल्न सकेको छैन।
“शव पुरुषको हो, तर घरका सदस्य हो जस्तो लाग्दैन। अहिले मुचुल्का गर्न टोली पठाइएको छ,” अधिकारीले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस