after_navbar

कपिलवस्तु कारागारका ४३१ कैदीबन्दी भागे, अदालत पुगेर आगजनी


भदौ २५, २०८२


दाङ,२५ भदौ । कपिलवस्तु कारागारमा रहेका ४३१ कैदी वन्दीहरु भागेका छन् । बुधबार बिहान कारागारको गेट तोडेर उनीहरु भागेका हुन् । बिहान करिब ६ बजेतिर कारागारका २ ब्लकमा रहेका ४५९ कैदीबन्दीमध्ये ४ सय ३१ जना भागेका हुन् । सो कारागारका २ ब्लकमा २८ जना कैदी बन्दीहरु भने कारागारबाट नभागेको कारागारका कैदी वन्दी नाईके राजु तिवारीले बताए ।

ad

कारागारबाट भागेका कैन्दी वन्दीले जिल्ला अदालत कार्यालय पुगेर अदालत कार्यालयका विभिन्न कोठाहरुमा तोडफोड तथा आगजनी गरेका छन् । बेल्चा, हथौडा, पेटेल लगायतका सामाग्री बोकेर आएका कैदी वन्दीहरुले अदालतमा आगजनी गरेका हुन् । आफुहरुको मुद्धाका सवै मिसिल तथा कागजपत्रहरु यसै अदालतमा रहेको हुदा सो नष्ट गर्न आफूहरुले आगजनी गरेको एक कैदीले बताएको अदालत परिसरका एक सर्वसाधारणले बताए ।

आगजनीबाट अदालतमा विभिन्न फांटहरुमा रहेका महत्वपूर्ण कागजपत्रहरु जलेका छन् । अदालत परिसरमा रहेका सरकारी गाडी र मोटरसाईकलमा पनि तोडफोड तथा आगजनी गरेका छन् ।
कारागारबाट भागेर आफ्नो घरतर्फ जादै गरेका ६५ जना कैदी बन्दीलाई सुरक्षाकर्मीले तौलिहवा आसपासका विभिन्न क्षेत्रबाट पक्राउ गरी पुनः कारागार प्रशासनलाई बुझाएको नायब प्रहरी उपरीक्षक रिपेन्द्र सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="