after_navbar

संविधानलाई नै मार्गदर्शक बनाउनुपर्छ: वामदेव गौतम


भदौ २५, २०८२


काठमाडौँ,२५ भदौ। नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान संविधानमार्गबाटै खोजिनुपर्ने बताएका छन् ।

ad

आज एक सन्देश जारी गर्दै उनले अहिले राज्यका संरचना अस्तव्यस्त भएकाले संविधानबाहिरबाट खोजिने समाधान दीर्घकालीन हुन नसक्ने स्पष्ट पारे ।

गौतमले वर्तमान जटिल परिस्थितिमा राजनीतिक पार्टीभन्दा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीले आवश्यक दिशानिर्देश दिने जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गरे । उनले राष्ट्रिय भूमिको रक्षा, जनताको सुरक्षा र सार्वभौमिकताको रक्षा सबैको प्राथमिक दायित्व भएको पनि बताए ।

“जब राज्य कमजोर हुन्छ, सबै आधार कमजोर हुन्छन् । त्यस्तो अवस्थामा या त राज्य टुक्रिन्छ वा देश विदेशीको कब्जामा जान्छ,” उनले भने ।

नेता गौतमले राष्ट्रिय अखण्डता, एकता र सामाजिक सद्भाव जोगाउन सबै संवेदनशील हुनुपर्नेमा जोड दिँदै जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा पूरा गर्न सम्बन्धित निकायले ढिलासुस्ती नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="