after_navbar

डोटीको बाल सुधार गृहबाट ५२ बालबालिका फरार


भदौ २५, २०८२


काठमाडौ,२५ भदौ । । देशभरका कारागार र बाल सुधार गृहबाट कैदीबन्दीहरू फरार भइरहेका बेला डोटीको बाल सुधार गृहबाट पनि ५२ जना बालबालिका मंगलबार राति भागेका छन्।

ad

बाल सुधार गृहकी इन्चार्ज सानुमाया लिम्बुका अनुसार जम्मा ५३ जना बालबालिकामध्ये ५२ जना फरार भएका हुन् भने एक जना मात्रै भागेका छैनन्।

उनले सुरक्षामा खटिने प्रहरीको संख्या सात–आठ जना मात्र भएकाले कैदी बालबालिकालाई भाग्न सहज भएको बताइन्। ती प्रहरी पनि हतियारविहीन रहेका कारण नियन्त्रण गर्न कठिन भएको जनाइएको छ।

फरार बालबालिकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

यसैबीच, डोटी कारागारका कैदीबन्दी भने सुरक्षित रहेको कारागार प्रमुख लालबहादुर बोगटीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="