काठमाडौं, २५ भदौ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अचानक काठमाडौं पुगेका छन्। सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले बुधबार बिहानै राजधानी प्रवेश गरेको जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले लेखेका छन्, “देशको चिन्ताले काठमाडौं आइपुगियो। गलत मान्छेहरूको घुसपैठ नहोस् जेन–जेड।” यसैबेला डिस्कोर्डमा जेन–जेडले सेनासँग वार्ता गर्न कसलाई पठाउने भन्ने विषयमा बिहानैदेखि छलफल भइरहेको छ।
यसअघि पनि साम्पाङले आफूलाई नेतृत्व दिन माग राख्दै एकपछि अर्को स्टाटस सार्वजनिक गरेका थिए। उनका केही स्टाटस यस्ता छन्–
साम्पाङले नेतृत्वमा आउन पाउने अवसर पाए मुलुक परिवर्तन गर्ने दृढता व्यक्त गर्दै निरन्तर समर्थन मागिरहेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस