after_navbar

टोपबहादुरले भने–‘ म कारागार फर्कन चाहन्छु’


भदौ २६, २०८२


काठमाडौं,२६ भदौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् ।

ad

कारागार प्रशासन स्रोतका अनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी कुनै पनि कारागार फर्कन तयार रहेको जानकारी दिएका हुन् । तर प्रशासनले तत्काल फर्कन आवश्यक नभएको भन्दै परिस्थिति मिल्नेबित्तिकै खबर गर्ने आश्वासन दिएको जनाएको छ ।

रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका थिए । उक्त कारागारमा ३८ सय कैदीबन्दीमध्ये करिब ३३ सय जति मंगलबार राति फरार भएका थिए । फरार हुनेमध्ये सुन काण्डका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ समेत रहेका छन् ।

कारागार प्रशासनका अनुसार केही फरार कैदीबन्दी स्वेच्छाले फर्किसकेका छन् भने अन्य पनि फर्कने क्रममा रहेका छन् । त्यस्तै, भुटानी शरणार्थी प्रकरणकै आरोपी पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू कारागार फर्कन तयार रहेको सन्देश पठाएको स्रोतले जनाएको छ ।

सुरक्षा निकायका अनुसार नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले मंगलबार राति करिब १० बजे सुन्धारा कारागार तोडफोड गरेका थिए । सो क्रममा सुरक्षाका लागि खटिएका प्रहरी भागेर आर्मी हेडक्वाटर पुगेका थिए । त्यसपछि मात्रै नेपाली सेना कारागार पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="